सञ्चालनमा आए देशभरका सिनेमा हल, यी सिनेमाले पाए प्रदर्शनको निरन्तरता

सञ्चालनमा आए देशभरका सिनेमा हल, यी सिनेमाले पाए प्रदर्शनको निरन्तरता

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ २३ गतेबाट देशमा चर्किएको जेनजी पुस्ताको आन्दोलनका कारण बन्द भएका सिनेमा हल आज सोमबारबाट पुनः सञ्चालनमा आएका छन् ।

देशभरका आन्दोलनले क्षेती पुगेका बाहेक सम्पूर्ण सिनेमा हल सञ्चालनमा आएसँगै भदौ २३ गते अघि प्रदर्शनरत नेपाली सिनेमा ‘रिमै’, ‘कोशेढुंगा’, ‘गुन्यो चोलोः द ड्रेस’, ‘माग्ने राजा’ र ‘मोहर’ले निरन्तरता पाएका छन् ।

यता, बलिउड सिनेमा ‘बागी ४’, ‘परम सुन्दरी’ र हलिउड सिनेमा ‘द कन्जुरिङ : लास्ट राइट्स’ले पनि हलमा निरन्तरता पाएका छन् । यो हप्ता प्रदर्शनमा आउनु पर्ने सिनेमा अभिमन्यु पोस्टपोण्ड हुँदै असोज १३ गते फूलपातीबाट प्रदर्शनमा आउने भएको छ ।

यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा नआउने कर्न्फम भैसकेको छ । यो सिनेमा अब कहिले प्रदर्शनमा आउने भन्ने चाँडै टिमसँग सल्लाह गरेर नयाँ मिति घोषणा गर्ने तयारी भैरहेको निर्माता समेत रहेका निर्देशक रामबाबु गुरुङले बताए ।

यस्तै, दशैंको फूलपातिलाई रिलिज घोषणा गरेका तीन सिनेमा बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता पनि घोषित मिति मै प्रदर्शनमा आउने सम्बन्धित सिनेमाका निर्माताले जानकारी गराइसकेका छन् । जसले दशैंको बक्सअफिस भिडन्त रोचक हुने देखिन्छ ।