‘महादशा’बाट कमव्याक कमव्याक गर्दै उत्तम र निरुताको जोडी

‘महादशा’बाट कमव्याक कमव्याक गर्दै उत्तम र निरुताको जोडी

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एक समय नेपाली सिनेमाको चर्चित जोडी उत्तम प्रधान र निरुता सिंहको जोडी लामो समयपछि सिल्भर स्क्रिनमा हेर्न पाइने भएको छ । निर्माता किरण नेपालीले यो जोडीलाई आफ्नो डेव्यु निर्देशकिय सिनेमा ‘महादशा’बाट कमव्याक गराउने भएका हुन् ।

अभिनेता उत्तम प्रधानले लामो समयपछि किरणले नै निर्माण गरेको सिनेमा ‘कल्ली’बाट पुनरागमन गरेका थिए । यो सिनेमाको हाल छायांकन सकेर पोस्ट प्रोडक्सनको काम भैरहेको छ । आगामी फागुन १ गतेबाट यो सिनेमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

यसैबीच, किरण आफैले निर्देशन गर्न लागेको सिनेमा ‘महादशा’को मुख्य भूमिकामा उत्तमसँगै निरुतालाई पनि अनुबन्धित गरेका हुन् । यसको जानकारी उनले शुक्रबार परेको संविधान दिवसको अवसर पारेर दिएका हुन् । उत्तम र निरुताको सहभागिताले महादशाप्रति दर्शकको ध्यान खिच्न सफल भएको बुझाई निर्माता तथा निर्देशक किरण नेपालीको छ ।

पछिल्ला केही वर्षमा नेपाली सिनेमामा विभिन्न उतार-चढाव आइरहेकाले यस्तो ठूलो नाम र अनुभव भएका कलाकारको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा निर्माण टिमको छ । यो सिनेमाले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ ।

लेकाली इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने सिनेमामा यसअघि नै प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहने पक्का भैसकेको थियो । मनिष गौतमले लेखेको सिनेमामा राजेन्द्र के शाह, श्याम मगर र अमला देवी राईको लगानी रहनेछ । सुरज आचार्य सिनेमाका कार्यकारी निर्माता हुन् ।