द सिनेमा टाइम्स, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहने सिनेमा ‘ब्याटल अफ गलवान’बाट नेपाली अभिनेता अनुप विक्रम शाहीले बलिउडमा डेव्यु गरेका छन् । यो वार ड्रामा सिनेमाको पहिलो चरणको छायांकन अनुपले एक साताअगाडी भारतको अवस्थित लद्दाखमा सकेका हुन् ।
को सेड्युलमा अनुपले बलिउड सुपरस्टार सलमानसँगै अभिनय गरेका थिए । उनले बलिउड यात्रालाई लिएर आफू उत्साहित रहेको बताएका छन् । सुटिङ सेटका केही तस्विर सेअर गर्दै उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘लद्दाखमा मेरो पहिलो बलिउड सिनेमाको पहिलो सेड्युल पूरा गर्न पाउँदा अत्यन्त सम्मानित र कृतज्ञ महसुस गरिरहेको छु । सलमान खान सर र निर्देशक अपूर्व लाखियासँग अगामी यात्राको लागि एकदमै उत्साहित छु ।’
अनुप जेनजी आन्दोलन सकिए लगत्तै सिनेमाको छायांकनका लागि लद्दाख पुगेका थिए । तीन दिन छायांकन गरेर नेपाल फर्किएका उनी एक महिनापछि मुम्बईमा हुने दोस्रो चरणको छायांकनमा पनि सहभागी हुनेछन् । जसले सिनेमामा उनको भूमिका महत्त्वपूर्ण रहेको बुझाउँ छ । लद्दाखमा छायांकनको क्रममा सलमानले नेपालको कला र संस्कृतिबारे निकै चासो राखेको अनुपले बताएका छन् ।
बलिउड सिनेमा ‘ब्याटल अफ गलवान’ सन् २०२० मा लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको युद्धको कथामा आधारित छ । जसमा सलमानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निवार्ह गरेका छन् ।
अपुर्व लाखिया निर्देशित यो सन्तोष बाबुको बायोपिक सिनेमा हो । जसमा सलमान र अनुपसहित चित्रांगदा सिंह, सुरेश नायर, अंकुर भाटिया लगायतको पनि अभिनय रहेको छ । सलमानको सिनेमा करियरको यो पहिलो वायोपिक सिनेमा समेत हो । सलमान खान फिल्मस्को व्यानरमा निर्माण भएको यो सिनेमा अर्को वर्ष प्रदर्शनमा आउनेछ ।


प्रतिक्रिया