सुशिल श्रेष्ठको ‘परिवर्तन’ पोस्टर सार्वजनिक, माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने

सुशिल श्रेष्ठको ‘परिवर्तन’ पोस्टर सार्वजनिक, माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘परिवर्तन’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बडादशैंको घटस्थापनाको अवसरमा सार्वजनिक पोस्टरबाट सिनेमा आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’को पोस्टरमा मुख्य पात्र सुशिल श्रेष्ठ एक्सन अवतार प्रस्तुत छन् । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत देखिन्छ ।

पोस्टर हेर्दा देशको सीमानाको विषयमा लडाइँ परेको हो की भन्ने अनुमान गर्न सकिन्छ । अभिनेता सुशीलको अहिलेसम्म कै बबाल एक्सन यो सिनेमामा रहेको बुझ्न सकिन्छ । सिनेमाका एक्सन निर्देशन श्री श्रेष्ठ हुन् । यो सिनेमामा श्रीको काम अघिल्लाभन्दा पृथक गरेको देखिन्छ ।

विजय केरुङको निर्देशन रहेको सिनेमामा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । सिनेमामा सुशील श्रेष्ठसहित अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारको अभिनय छ । सिनेमाको पटकथा शिवम् अधिकारीले लेखेका हुन् ।

बलिउडका कालाचरणको ब्याकग्राउण्ड म्युजिक, शिव ढकालको डिओपी, सह-सम्पादन उमेश थापा, एसोसिएट निर्देशक नवराज शर्मा, कलरिस्ट राजेन्द्र मोक्तान र बन्दे प्रसादको सम्पादन रहेको सिनेमाको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनसँग सम्बन्धित छ । सिनेमाको प्रोडक्सन डिजाइनर अरुण रेग्मी हुन् ।