द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमा सवै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् ।
सेन्सर बोर्डका सदस्यहरु सिनेमाको क्लाइमेक्स हेरेर भावुक बनेका थिए । यो सिनेमाले हसाउँदा हसाउँदै भावुक बनाउने बोर्डका सदस्यले प्रतिक्रिया दिएका हुन् । यसले निर्माण टिमको समेत आत्मविश्वास बढाएको निर्माता सरोज ओलीले बताए । यो सिनेमा असोज १३ गते बडादशैंको फूलपातीमा देशव्यापी प्रदर्शनमा आउँदैछ ।
दिपेन्द्र के खनाल निर्देशित सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन् ।



प्रतिक्रिया