कार्तिक २१ गते रिलिज हुने ‘मन बिनाको धन’बाट अशोक दर्जीको फर्स्टलुक सार्वजनिक

कार्तिक २१ गते रिलिज हुने ‘मन बिनाको धन’बाट अशोक दर्जीको फर्स्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘मन बिनाको धन’को फर्स्टलुक सार्वजनिक गरिएको छ । गायक अशोक दर्जीको जीवनमा आधारित सिनेमाको पोस्टरमा उनी स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् ।

सिनेमाको सार्वजनिक पोस्टरको पृष्ठभूमिमा अशोक सानो छँदाको तस्वीर देख्न सकिन्छ । जुन उनले झापामा गीत गाएर पैसा माग्दै हिँड्ने बेलाको हो । अर्को तस्वीरमा उनको पहिलो हिट गीत ‘मन बिनाको धन’को झलक राखिएको छ । पोस्टरमा देखिएका तीन फरक तस्वीरले सिनेमामा अशोकको बाल्यकालदेखि हालसम्मको यात्रा प्रस्तुत गरिएको बुझ्न सकिन्छ ।

सिनेमाको पोस्टरमा ‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको छ । सिनेमामा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारीको अभिनय रहेको छ ।

आगामी कार्तिक २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमामा टंक बुढाथोकीको कथा तथा संगीत, शिवम् अधिकारीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ । बिष्णु माया मैनाली निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा सपना शर्मा छिन् ।