पिजी सर्टिफिकेटसहित सेन्सर पास भयो सन्तोष सने निर्देशित ‘बलिदान’

पिजी सर्टिफिकेटसहित सेन्सर पास भयो सन्तोष सने निर्देशित ‘बलिदान’

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गते बडादशैंको फूलपातीबाट प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली सिनेमा ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (पिजी) सर्टिफिकेट प्रदान गरेको छ ।

शुक्रवार सम्पन्न सेन्सर प्रक्रियापछि सेन्सर बोर्डले सिनेमालाई सवै उमेर समूहका दर्शकले अभिभावकको मार्गनिर्देशनसहित हेर्न सक्ने गरी पिजी सर्टिफिकेट दिने निर्णय गरेको हो । यसअघि नै यो सिनेमाको अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले ‘बलिदान’प्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ ।

सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ । निर्माण पक्षका अनुसार सिनेमाले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकको मागअनुसार यो संख्या ३०० सम्म पुग्ने सम्भावना छ ।

आसुसेन फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । ‘बलिदान’लाई दशैं पर्वमा पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ । यो सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।