दर्शकको प्रतिक्रिया बुझ्न हलहलमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ कलाकार

दर्शकको प्रतिक्रिया बुझ्न हलहलमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ कलाकार

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गतेबाट तीनवटा सिनेमा प्रदर्शनमा एकसाथ प्रदर्शनमा आए । दसैँलाई लक्षित गर्दै ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकै दिन फूलपातीका प्रदर्शन भए ।

एकै दिन तीनवटा सिनेमा प्रदर्शनमा आउँदा दर्शकका लागि भने च्वाइस भयो । एक्सन ड्रामा ‘बलिदान’, सोसल ड्रामा ‘माइतीघर’ र सोसल ड्रामा कमेडी ‘हरिबहादुरको जुत्ता’ एकसाथ रिलिज हुँदा दर्शकलाई रोजीछाडी सिनेमा हेर्न पाए । जुन जनरको सिनेमा मनपर्छ त्यही रोजेर हेरिररहेका छन् ।

यतिबेला यी सिनेमाका कलाकार र निर्देशक आफ्नो चलचित्रको प्रतिक्रिया बुझ्न हलहलमा पुगिरहेका छन् । ब्यापार र दर्शकको बाक्लो चापसँगै उत्साहित भएका कलाकार निर्देशक हलहलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित भएका छन् । दशैँको माहोला बाँकी नै रहेकाले सिनेमाको प्रचारमा जुटिरहेका छन् । दशैँको टीकाको दिन पनि कलाकार निर्देशक सिनेमा हल पुगेका थिए ।

‘बलिदान’का निर्देशक सन्तोष सेनले ‘बलिदान’को एक्सन  र डाइलग दर्शकले रुचाएको उनले बताएका छन् । ‘बलिदान’ कस्तो सिनेमा हो भन्ने दर्शकले नै जवाफ दिइसकेको उनले बताएका छन् ।आमा र धर्ती आमा प्राण भन्दा प्यारो हुन्छ ।‘बलिदान’ नेपाली सिनेमा इतिहासमै साहसी कदमका रूपमा स्मरणीय रहेको उनले भनेका छन । एक्सनको दर्शकले खुलेर तारिफ गरिररहेकाले आफ्नो टिम सफल भइसकेको उनले बताएका छन् ।

‘माइतीघर’का निर्माता रोहित अधिकारीले आफ्नो सिनेमाले प्रेमसँगै समाज बोलेको यसैलाई दर्शकले मन पराएको बताएका छन् । फेमेली सोसल ड्रामा भएकाले दसैँमा सपरिपवार हलमा गएर हेर्न सकिने  रोजाइको सिनेमा माइतीघर भएको उनले बताएका छन् ।

‘हरिबहादुरको जुत्ता’का मुख्य कलाकार तथा लेखक हरिवंश आचार्यले आफ्नो सिनेमाले गहकिलो विषय उठान गरेकाले यसलाई दर्शकले मन पराएको बताएका छन् । उनका अनुसार यो सिनेमाले सुशासन र भ्रष्टाचारमुक्त समाजको विषय उठाएको छ । यसमा दर्शकले इनज्वे गरिरहेका छन् ।