अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज

अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं ।‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले विजया दशमीका दिन सार्वजनिक गरेको हो ।

गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ ।

प्रेममा लीन भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने अवस्थामा नरहेको तर मर्न पनि नसक्ने अवस्था गीतले चित्रण गरेको छ ।

असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । सिनेमामा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।शरद महतोको डिओपी रहेको सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।