‘माइतीघर’ कुन कुन स्टेशनमा आक्रमक छ ?

‘माइतीघर’ कुन कुन स्टेशनमा आक्रमक छ ?

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं ।फूलपातीको दिनबाट रिलिजमा आएको सिनेमा ‘माइतीघर’को व्यापार मोफसल बाहिर आज आक्रामक देखिएको छ ।

आज रिलिजको सातौं दिनसम्म आइपुग्दा सिनेमाको व्यापार मोफसलमा थुप्रै शहरमा।आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ ।

यो सिनेमाको आज पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार राम्रो देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार र बुकिङ दुवै आक्रामक देखिएको हो ।

यस्तै, पूर्वका हलमा पनि फिल्मको व्यापार सुखद रहेको छ! काठमाडौंका हलमा पनि दर्शकको सुखद चाप देखिएको छ ।

पश्चिमका थुप्रै स्टेशनमा फिल्मको व्यापार आक्रामक देखिएपछि यसका कलाकार नेपालगञ्ज जाने तयारीमा लागेका छन् । नेपालगञ्जमा रहेको सिने रोयल र क्यूएफएक्स बागेश्वरीमा सिनेमा हेर्ने दर्शकको चाप उच्च छ । मंगलबार र बुधबार नेपालगञ्जका दर्शकसँग कलाकारहरुले साक्षात्कार गर्ने तयारी गरेका छन् ।

नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, कलाकार केदार प्रसाद घिमिरे, वुद्दि तामाङ, प्रकाश सपुत लगायतका कलाकारहरु पश्चिम जाने निर्माणपक्षले बताएको छ ।

रोहित अधिकारीको निर्माणमा तयार भएको फिल्ममा मिलन तामाङको निर्देशन छ ।