द सिनेमा टाइम्स, काठमाडौं ।‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो।
राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने तोरेम्पाहाङ राईले भरेका छन्।
नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन्। किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नित्य गर्ने गरिन्छ।
हास्यकलाकार विल्सन विक्रम राईको डेब्यु निर्देशकिय हो। नेपाली मौलिक प्रेम कथामा आधारित यो सिनेमामा धीरज मगर , मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ।


प्रतिक्रिया