साम्राज्य तोड्न नदिने पक्षमा दयाहाङ

साम्राज्य तोड्न नदिने पक्षमा दयाहाङ

कात्तिक ६ गते भाइटीकाका दिन सिनेमा ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउँदा दयाहाङ अलि क्रुर भूमिका देखिनेछन् ।

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिन सिनेमा ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउँदा दयाहाङ अलि क्रुर भूमिका देखिनेछन् ।

प्रायः सोझो सिधा भूमिकामा देखिँदै आएका दयाहाङ यो पटक ज्यान नै लिन तयार हुने र त्यसका लागि आफ्नो ग्याङ नै खडा गरेर हिँड्ने क्यारेक्टरमा देखिँदैछन् ।

प्रहरी र प्रशासनसम्मलाई आफ्नो मुठ्ठीमा राखेर सिंगो खोलालाई आफ्नो कमाईको साधन बनाएका दयाहाङ त्यतिबेला आफ्जो क्रुर छवि देखाउँछन् जब विजय बराल उनको खोलाको ढुंगा बालुवा उठाउन पुग्छन् ।

खोलामा रहेको आफ्नो साम्राज्य खोसिने डरले चुर भएका दयाहाङ साम्राज्य गुमाउनु भन्दा चुनौती दिने विजयलाई सिद्धयादिन आफ्नो ग्याङलाई निर्देशन दिन्छन् ।

खोलाको माटोढुंगाबाट हुने आम्दानीलाई अरुको हातमा जान नदिने दयाहाङ र खोला सबैको साझा हुन्छ भन्ने विजयबीचको टकराव ‘वरिष्ठ बलराम’मा देखिने भएको छ । यही कुरा सिनेमाको ट्रेलरमा देखिएको छ ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।