द सिनेमा टाइम्स, काठमाडौं । अनमोल केसीका सिनेमा केही न केही चर्चामा हुन्छन्, जसका कारण प्रतिक्षित बन्छन् । ‘जेरी अन टप’ पनि चर्चामा छ ।
थोरै सिनेमा खेल्ने तर त्यसलाई प्रतिक्षित बनाउने अनमोल फर्मुला नै हो । अनमोलको यो फर्मुला र निर्माण टिमले गरेको मेहनत र खर्चले ‘जेरी अन टप’ यतिबेला चर्चामा छ ।
यसको ट्रेलरमा देखिएको भीएफएक्सको कामले सिनेमा यो समय चर्चामा छन् । सगरमाथा र त्यस क्षेत्रको दृश्यका लागि जसरी भिएफएक्समा काम भएको छ, त्यसले यतिबेला ‘जेरी अन टप’का चर्चा भइरहेको छ ।
जब अनमोल परिवारकै सदस्य र आफूले मन पराएकी युवतीले दिएको चुनौती फेस गर्दै सगरमाथा आरोहण गर्छन्, त्यसको दृश्य देखाउनु थियो, निर्देशक सुयोग गुरुङलाई । अनमोल पर्वातारोही होइनन्, त्यसैले उनी उनले सगरमाथा आरोहण गर्न सक्ने कुरा भएन । त्यसैले सुयोगले अनमोल सगरमाथा चढ्दै गरेको दृश्य भीएफएक्समार्फत देखाउनु थियो । तर, यसका लागि अनमोल पनि बेसक्याम्पसम्म पुगेर मेहनत भने गरेका छन् ।
सुयोगले भिएफएक्स गराउन लगाए । यसले अहिले चर्चा पाइरहेको छ । सामान्य टालटुले भिएफएक्स हुने गरेको र ती कति कमजोर हुन्थे सामान्य व्यक्तिले पनि सहजै थाहा पाउने खालका हुन्थे ।
तर, ‘जेरी अन टप’मा बेजोड भिएफएक्स देखिँदा ‘जेरी अन टप’को चर्चा यति बेला भइरहेको छ ।
सगरमाथा बेसक्याम्पमा पुगेर कठिन मेहन गरेर खिचिएको सिनेमाको भिएफएएक्स र हिमाली सुन्दरताका सुन्दर दृश्यले ट्रेलरलाई आकर्षक बनाएको छ । सुन्दर दृश्य र भिएफएक्समा गरेको मेहनतले सिनेमाको हाइप पनि बढ्दै गरेको छ ।
सरोज न्यौपानेको निर्माण र अनन्या फिल्मस्को ब्यानरमा तयार ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त, उषा खड्गी मुख्य अभिनयमा छन् ।
ट्रेलर युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको थियो । ट्रेलरमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ पाएका छन् ।
असोज ३१ गतेबाट सिनेमा दर्शकमाझ आउँदैछ ।


प्रतिक्रिया