सिनेमा ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को छायांकन सुरु

सिनेमा ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को छायांकन सुरु

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को छायांकन सुरु भएको छ । सोमबार मुस्ताङबाट सिनेमाको छायांकन सुरु भएको हो ।

छायांकनको सेड्युल ३५ दिन रहेको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए ।

सिनेमाको छायांकन मुस्ताङमा हुनेछ । सिनेमालाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । उनी निर्माता पनि हुन् ।

कार्यकारी निर्मातामा मणिराम पोखरेल छन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपीन कार्की र मिस यूके नेपाल-२०१७ सिर्जना गुरुङ छन् । विपीन र सिर्जना यो सिरिजमा प्रवेश गर्ने नयाँ कलाकार हुन् । अरु सबै अघिल्ला सिरिजका कलाकार छन् ।

‘कबड्डी’का यसअघिका चारवटा सिरिज ब्लकबस्टर भएका थिए । सिनेमा कहिले रिलिज हुनेछ भन्ने निर्माणपक्षले जानकारी दिएको छैन ।