सिनेमा ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

सिनेमा ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक टंक बुढाथोकीले सिनेमा ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक गरेका छन । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।

यसअघि सार्वजनिक भएको सिनेमाको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘मन बिनाको धन’ सामाजिक विषयवस्तुमा निर्माण भएको सिनेमालाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मन बिनाको धन’मा निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जीपी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सह-निर्मातामा रहेका छन् ।

सिनेमामा अशोक दर्जीसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।