द सिनेमा टाइम्स, काठमाडौं । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो सिनेमाको पोष्टरमा कलाकारहरुको फरक फरक गेटअप देख्न सकिन्छ ।
महेश दवाडीको लेखन रहेको यो सिनेमामा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ ।
एक अर्को पोष्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ । अर्को एक पोष्टरमा नायक सौगात मल्ललाई देख्न सकिन्छ । यसले, सिनेमाको कथावस्तुबारे दर्शकको उत्साह अझै बढाउने देखिएको छ ।
सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । सिनेमामा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रुपमा छन् ।
आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको सिनेमामा एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन छ । राकेश दाहालले सिनेमाको पोस्टर तयार पारेका हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा सिनेमा तयार भएको हो ।


प्रतिक्रिया