सिनेमा ‘कस्तुरी’मा निखिल र वर्षा

सिनेमा ‘कस्तुरी’मा निखिल र वर्षा

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली सिनेमा ‘कस्तुरी’ निर्माण हुने भएको छ । आइतबार निर्माण टिमले सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो।

कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालि मार्फत विभिन्न उद्योग-व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन् । उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रालि ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन् ।

ऋत बोहोराको कथा र निर्देशन रहने सिनेमामा सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो। उनका अनुसार सिनेमामा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिने छ । सिनेमाले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराको भनाई छ । सिनेमामा निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलो पटक पर्दा सेयर गर्ने भएका छन् ।

उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन् भने अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ। यस सिनेमालाई ब्रजेश खनालले लेखेका छन् । निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह-निर्मातामा अञ्जली चौधरी रहेकी छन् । छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह-निर्देशन ललित बिष्टको जिम्मामा हुनेछ ।

सिनेमामा संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुने छ। फिल्मको प्रचार-प्रसार डिजाइन ट्राइडेन्टले गर्नेछ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहेका छन्।