द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन् । तिहारको लक्ष्मीपुजाको दिन उनलाई निर्माण टिमले सिनेमाको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो।
किरण नेपालीको डेब्यु निर्देशन रहने सिनेमाका लागि यसअघि निरुता सिंह, उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्।
निरुता र उत्तम कालजयी सिनेमा ‘दर्पणछाया’को जोडीको रुपमा लोकप्रिय छन् । निर्देशक किरण नेपालीका अनुसार यो सिनेमाले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्नेछ ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा मनिष गौतमको पटकथा, राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन्।


प्रतिक्रिया