हलमा‘वरिष्ठ बलराम’ दर्शकको साकारात्मक प्रतिक्रिया,दोस्रो दिन बक्स अफिसमा उछाल

हलमा‘वरिष्ठ बलराम’ दर्शकको साकारात्मक प्रतिक्रिया,दोस्रो दिन बक्स अफिसमा उछाल

निर्देशक सुरेन्द्र  पौडेलले सिनेमाको व्यापारले आफूहरूलाई उत्साहित बनाएको  बताए । 

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं ।  तिहारको भाइटीकाको अवसर पारेर हिजो बाट दयाहाङ राई र विजय बराल स्टारर सिनेमा ‘वरिष्ठ बलराम’ देशभरका हलमा प्रदर्शनमा आएको छ ।

दयाहाङ र विजयको घम्साघम्सी रहेको सिनेमा हेर्न आज पनि बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले सिनेमाले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिने बताएका छन् । मोफसलका हलमा पनि यो सिनेमाको व्यापार उत्साहजनक छ । निर्देशक सुरेन्द्र  पौडेलले सिनेमाको व्यापारले आफूहरूलाई उत्साहित बनाएको  बताए ।

दर्शकले माटो सुहाउँदो स्टोरी भनेका छन् । प्राकृतिक स्रोतको दोहनको कथा यो सिनेमाले उठान गरेको छ । यसलाई दर्शकले मन पराएका छन् ।

‘वरिष्ठ बलराम’ले दर्शकबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माणपक्ष सिनेमा राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ । विजय बराललगायत कलाकार दर्शकलाई भेट्न आज बिहानैदेखि हलहलमा पुगिरहेका छन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको सिनेमा ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।