‘परान’ प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपालमा

‘परान’ प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपालमा

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यहि कार्तिक १४ गतेबाट रिलिज हुने सिनेमा ‘परान’को प्रचार प्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी सोमबार बिहान नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई ‘परान’का निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो यात्रामा आफ्नो मोबाइलमा भएका सिनेमाका क्लिप्सहरु हेरेर बिताएको र  प्रचारका लागि करिब एक महिना नेपाल रहने जानकारी दिइन् । परानलाई लिएर आफू निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ ।

सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो सिनेमा हो ।  निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ।

रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरूङको सम्पादन रहेको सिनेमा ‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो।