द सिनेमा टाइम्स, काठमाडौं । हास्य प्रधान समाजीक कथामा आधारित सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको सिनेमाको बाँकी दृश्य याङ्जाकोटमा खिचीने जानकारी निर्देशक राजु गिरीले दिए ।
लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमामा हास्य कलाकार तथा मोडल सागर लम्साल (बले) शीर्ष भूमिकामा छन् । सागरसहित सिनेमामा रमेश बुढाथोकी, रोशनी खड्का, हेमन्त बुढाथोकी, रबिन्द्र झा, बिनोद न्यौपाने, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, ओसिन भट्टराई, लक्ष्मीनाथ तिमिल्सिना, मोहन कृष्ण श्रेष्ठ, रामहरि खड्का, सुचेन्द्र परियार तथा निर्देशक गिरीले अभिनय गर्दैछन् ।
उषा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सिनेमाको छायांकन करिब एक महिनामा समापन गर्ने लक्ष्य निर्माण टिमको छ । निर्देशक गिरीले ‘डल्लेले इन्ट्री मार्यो’ ०८२ को अन्त्यमा दर्शकमाझ ल्याइने योजना रहेको बताए ।
श्याम लामाको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल छन् । सुमन काफ्लेले निर्माण ब्यबस्थापन सम्हालेको सिनेमामा देव महर्जनको द्धन्द्ध निर्देशन तथा अर्जुन पोखरेलेको गीत छ ।


प्रतिक्रिया