दीपक प्रसाद आचार्यको डेब्यू निर्देशकिय सिनेमा ‘परान’को टिकट बुकिङ खुल्ला

दीपक प्रसाद आचार्यको डेब्यू निर्देशकिय सिनेमा ‘परान’को टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालको चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण सिनेमा ‘परान’को टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबारदेखि देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले अग्रीम टिकट बुकिङ खुलाएका हुन् ।

भोलि शुक्रबार अर्थात् कार्तिक १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परान’ले देशभर उत्साहजनक शो पाएको छ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यो सिनेमाले हालसम्म एक सयभन्दा बढी शो पाएको छ । आज साँझसम्म केही थप शोहरू जोडिने सम्भावना छ ।

भावनात्मक पारिवारिक कथा दर्शकमाभ, प्रस्तुत गर्ने सिनेमाले नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने विश्वास निर्माण टिममा देखिन्छ । दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको सिनेमामा वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ ।

सिनेमामा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ ।

सिनेमामा शिवराम श्रेष्ठको डिओपी, मित्र डी गुरुङको सम्पादन, सुनिल क्षेत्रीको कोरियोग्राफी, निर्देशक दीपक आचार्यकै शब्द रचना, रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर रहेको छ । अनिष अधिकारी र समर चौलागाई प्रोडक्सन म्यानेजर रहेको सिनेमाका कार्यकारी निर्माता अजय उपाध्याय हुन् ।