‘परिवर्तन’को टिजर रिलिजसँगै कतार, यूएई र जापान प्रदर्शन अधिकारी बिक्री

‘परिवर्तन’को टिजर रिलिजसँगै कतार, यूएई र जापान प्रदर्शन अधिकारी बिक्री

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं विजय केरुङ निर्देशित सिनेमा ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार बिक्री हुन थालेका छ । टिजर रिलिज भएसँगै कतार, यूएई र जापान प्रदर्शन अधिकारी बिक्री भएको हो ।

यो सिनेमाको कतार र युएई प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्ट र जापान प्रदर्शन अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए । अहिले सिनेमाको प्रदर्शन अधिकार जापान, यूएइ र कतारमा विक्री भइसकेको र अन्य देशका लागि समेत कुराकानी भइरहेको उनले बताए ।

विदेशी बजारमा यो सिनेमाको डिमाण्ड बढेसँगै ‘परिवर्तन’प्रति दर्शक र वितरकको उत्साह बढेको देखिन्छ । निर्देशक केरुङका अनुसार नेपाली सिनेमालाई नयाँ स्तरमा पु¥याउने प्रयास हो । देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले देशका बारेमा सोच्ने बेला भएको सन्देश सिनेमाको सार्वजनिक टिजरले दिएको छ ।

सिनेमामा अभिनेता सुशिल श्रेष्ठको एक्सन अवतार देख्न सकिन्छ । टिजर रिलिज भएसँगै उनको चर्चा समेत चुलिन थालेको छ । निर्माता दीपक सिवाकोटी आफैले कथा लेखेको यो सिनेमामा सुशिल श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्की लगायतका कलाकारको अभिनय छ ।

सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेको हुन् । सिनेमामा एसडी योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको छ । सिनेमाको देशव्यापी वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।