द सिनेमा टाइम्स, काठमाडौं । सफल सिनेमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृशोक परेको छ । बुधबार उनकी ७१ वर्षिय आमा अमृता बस्नेतको उपचारको क्रममा ओम हस्पिलमा निधन भएको हो ।
निर्देशक बस्नेतको पारिवारक श्रोतका अनुसार उनी करिब २ महिना यता निमोनियाको उपचारत हुनुहुन्थ्यो। । साथै, १५ वर्षदेखि मिर्गौलाको डायलासिस पनि गराउँदै आउनुभएको थियो। । उनको अन्त्येष्टि आजै बुधबार पशुपति आर्यघाटमा भएको छ ।
अमृताका दुई छोरी र एक छोरा छन् । छोरा निश्चल चर्चित सिनेमा निर्देशक तथा बुहारी स्वस्तिमा खड्का चर्चित अभिनेत्री हुन् । सासु आमा बिरामी भएपछि अभिनेत्री खड्का छायांकनरत सिनेमा ‘लालीबजार’को बीचमै रोकेर काठमाडौं फर्किएकी थिइन् ।


प्रतिक्रिया