द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक २१ गते आज शुक्रबारबाट गायक तथा संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मन बिनाको धन’ पनि प्रदर्शनमा आएको छ । आजैबाट प्रदर्शनमा आएको अर्को सिनेमा ‘जारी २’का कारण न्युन शोमा चित्त बुझाउन बाध्य भएको सिनेमाले उपलब्ध शोमा राम्रो अकुपेन्सी पाएको छ ।
यदि दर्शक प्रतिक्रि राम्रो मिलेको खण्डमा विस्तारै शो थपिँदै जाने विश्वास निर्माण टिमको छ । बाटोमा गीत गाउँदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका थिए । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यो सिनेमामा सामाजिक विषयवस्तु प्रस्तुत गरिएको छ ।
सिनेमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको ‘मन बिनाको धन’को कथा आफैले लेखेका हुन् । शिवम् अधिकारीको पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्मातामा विष्णुमाया मैनाली, कार्यकारी निर्मातामा सपना शर्मा तथा सह–निर्मातामा जीपी संग्रौला, विवेक नेपाल र बिजया पाण्डे अनि क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी छन् ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्देशक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।


प्रतिक्रिया