‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने

‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ निर्माता विनोद पौडेलले निर्माण गरेको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति चौथो पटक पनि पोष्टपोण्ड गरिएको छ । यसअघि कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने भनिएको सिनेमा अब आगामी मंसिर १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

यसअघि पटक-पटक प्रदर्शन मिति घोषणा गर्दै अन्तिम समयमा स्थगन हुँदै आएको सिनेमाले हिजो बिहीबार एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य सिनेमाको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन ।

बिहीबार सार्वजनिक नयाँ पोस्टरमा सिनेमाका अधिकांश कलाकारलाई देख्न सकिन्छ । सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

‘हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय र्गयौं’, निर्माता पौडेलले भने, ‘सवैको सल्लाह र सुझाव अनुसार यो मितिमा आउने निर्णय गरेका हौं ।’ उनले सबैको सहयोगका अपेक्षा समेत गरेका छन् ।

‘अभिमन्यु : च्याप्टर १’ प्रकाश दाहाल, शिशिर वाङ्देलको पनि अभिनय छ । सुशान्त गौतमको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यो सिनेमाको कथा मुकेश खनालको लेखेका हुन् ।

सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य छन् ।

शरद महतोको डिओपी रहेको सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन छ ।