रोशन दासको ‘प्रतिवैरम्’को सम्पूर्ण छायांकन सम्पन्न

रोशन दासको ‘प्रतिवैरम्’को सम्पूर्ण छायांकन सम्पन्न

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रोशन दासको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रतिवैरम्’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित सिनेमाको छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

सिनेमाको पहिलो चरणको छायांकन केही समय अगाडी १५ दिनसम्म सर्लाहीमा गरिएको थियो । दोस्रो चरणको छायांकन ३० दिन सिराहामा सम्पन्न गरिएको हो । सिनेमाको छायांकन निर्देशक अफ फोटोग्राफी (डिओपी) ज्याकले गरेका हुन् । छायांकन सफलतापूर्वक सम्पन्न भएको निर्माण टिमले जनाएको छ । हाल सिनेमाको पोष्ट–प्रोडक्सन कार्य सुरु भएको छ ।

सिनेमामा सम्राट दास, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायत अन्य कलाकारको अभिनय छ । सिनेमामा सह–निर्देशकका रूपमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेलले काम गरेका छन् ।

रेज इन्टरटेनमेन्टले निर्माण गरेको सिनेमाका प्रोडक्सन म्यानेजर कमल सुनार, लाइन प्रोडक्सनमा पंकज महतो छन् । निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र समस्यालाई यथार्थ ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो सिनेमा निर्माण गरिएको हो ।

सिनेमा मार्फत मधेसको वास्तविकता दर्शक सामु पुर्याउने योजना रहेको उनले बताए । सिनेमाको कथा निर्देशक दास स्वयंको र पटकथा युवराज भट्टराईले लेखेका हुन् । निर्माण पक्षका अनुसार सिनेमा २०८३ सालमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।