चलचित्र विकास बोर्डद्धारा १५ जना सिनेमाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’

चलचित्र विकास बोर्डद्धारा १५ जना सिनेमाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले १५ जना सिनेमाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । सोमबार विकास बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाली सिनेमाको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएवाफत उनीहरूलाई पुरस्कृत गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सम्मान तथा पुरस्कार प्रदान गरे । २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । शिव श्रेष्ठ, सबिता गुरुङ, तीर्थ थापा, यशकुमार, ध्रुव लम्साल, रम्यता लिम्बु, सम्झना उप्रेती, युवराज लामा, हेमन्त बुढाथोकी, किसन पोखरेल, नाजिर हुसेन, रिमेश अधिकारी, रेनिस फागो, अन्जु पन्तलाई पुरस्कृत गरियो । स्वर्गिय केशव भट्टराईलाई मरणोपरान्त पुरस्कार दिइयो ।

पुरस्कारले कलाकारको योगदानलाई स्मरण गरेको बोर्ड अध्यक्ष दिनेश डीसीले बताए । कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनोट समिति लगायतका प्रतिनिधिको उपस्थिती थियो ।

यसैबीच गत आइतबार नै चलचित्र विकास बोर्डले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।