द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक सिनेमा ‘सुम्निमा’ मार्फत सोल गुरुङले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् । केही समय अगाडी लण्डनमा गरिएको पहिलो चरणको छायांकन गरेर फर्किएको टिमले मुख्य अभिनेत्री सार्वजनिक गरिएको हो ।
लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी सोलले यो सिनेमामार्फत नेपाली रजतपटमा डेव्यु गरेकी सोलले यसअघि केहि म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । यो सिनेमाको नाम नारी प्रधान लागेपनि कथा एक विशुद्ध लभस्टोरी हुने निर्देशक चाम्स बताउँछन् ।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको लगानी रहेको सिनेमामा सोल गुरुङसहित कुन्साङ बम्जन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा मुख्य भूमिकामा देखिनेछन् ।
युनिभर्सल कथामा आधारित अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै निर्माण भैरहेको सिनेमाको कथा राजीव थापाले लेखेका हुन् । ‘सुम्निमा’को दोस्रो चरणको छायांकन नेपालमा हुने बताइएको छ ।


प्रतिक्रिया