द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘मन बिनको धन’को नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमामा समावेश ‘बाआमा’बोलको गीत सार्वजनिक गरिएको हो । यो सिनेमाका मुख्य अभिनेता समेत रहेका अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ ।
देशैभरिका हलमा प्रदर्शन भइरहेको ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् । सिनेमा प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् । दर्शक साक्षात्कारको लागि हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित सिनेमाले दर्शकको मन जितेको देखिन्छ ।
दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । सिनेमा हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ । सिनेमाका कलाकार राजधानी र मोफसलका दर्शकको प्रतिक्रिया लिन हरेक दिन हलमा पुगीरहेका छन् । पहिलो दिन न्युन शो पाएको सिनेमाले अहिले करिब १ सय १५ शोसहित चलिरहेको छ । हरेक शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ ।
सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली लगायतका कलाकारको अभिनय छ ।
सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको ‘मन बिनाको धन’को कथा आफैले लेखेका हुन् । शिवम् अधिकारीको पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्मातामा विष्णुमाया मैनाली, कार्यकारी निर्मातामा सपना शर्मा तथा सह-निर्मातामा जीपी संग्रौला, विवेक नेपाल र बिजया पाण्डे अनि क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी छन् ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्देशक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।


प्रतिक्रिया