द सिनेमा टाइम्स, काठमाडौं । विशाल सापकोटाको लेखन तथा निर्देशनमा निर्माण भएको छोटो सिनेमा ‘वन इन अ मिलियन’ युट्युबमा रिलिज गरिएको छ । सुनिता भण्डारीको लगानीमा निर्माण भएको यो छोटो सिनेमामा हिँडेर अमेरिका पुग्नेहरुको कथा देखाइएको छ ।
रामेश्वर कार्कीले खिचेको यो सिनेमामा हसन राजा खान मुख्य भूमिकामा छन् । अमेरिकामा नै रहँदै आएका कलाकार सुभाष थापाले पनि यो सिनेमामा अभिनय गरेका छन् । उनीहरुको साथमा नरेन्द्र साउँद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले यो छोटो सिनेमामा अभिनय गरेका छन् ।
केही नेपाली सिनेमामा अभिनय गरेका कलाकार हसनराजा खानलाई केन्द्रमा राखेर यो छोटो सिनेमा तयार पारिएको हो । यो सिनेमाले हिँडेरै अमेरिका जाने नेपालीहरुको कथा, अमेरिका पुगेपछि उनीहरुले भोगेको जीवनशैलीलाई मुख्य बिषय बनाएको छ ।
‘वन इन अ मिलियन’ले ‘इजिप्टियन अमेरिकन सिनेमा महोत्सव-२०२५, सिनेमामेकर सिजन भोल्यूम ११-२०२५’मा छनोट पनि भइसकेको छ । यो छोटो सिनेमामा कुनै पनि संवाद छैन् । तर, कथाले भन्न खोजेको कुरा दृश्य र कलाकारहरुको अभिनयबाट स्पष्ट वुझ्न सकिन्छ ।


प्रतिक्रिया