स्टारबोस कफीको पहिलो आउटलेट दरबारमार्गमा सञ्चालन, ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ

स्टारबोस कफीको पहिलो आउटलेट दरबारमार्गमा सञ्चालन, ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको क्याफेको अनुभव दिने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित विशेष समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिवन काटेर कफी हाउसको उद्घाटन गरेका हुन् ।

टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ । यो क्याफेको उद्घाटन समारोहमा अभिनेत्री नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको थियो । यो ब्रान्डप्रति ग्राहकको विश्वास र पहिचान मजबुत बनाउन नम्रताको छवीले ठूलो योगदान दिने विश्वास कम्पनीको छ ।

यो क्याफेको उद्धघाटन समारोहका प्रमुख अतिथि नबिल बैंकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु गरिनु सकारात्मक भएको बताए । क्याफेको उद्घघाटनमा सहभागी पत्रकार ऋषि धमलाले सञ्चारकर्मीसँगको कुराकानीमा जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत दिनुपर्ने आवश्यकता बताए ।

दरबारमार्गपछि आगामी दिनमा नेपालका प्रमुख शहरमा फ्रेन्चाइज विस्तार गर्ने योजना कम्पनीको छ । स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी प्रोजेक्ट हो । टीजी भेन्चर्स स्वयंम् टक्सार ग्रुप अफ कम्पनीजको एक प्रमुख व्यापारिक इकाइ हो । कफी व्यवसायमार्फत टक्सार ग्रुपले नेपालको हस्पिटालिटी तथा क्याफे उद्योगमा औपचारिक प्रवेश गरिसकेको छ ।