पूर्व युवराज्ञी हिमानी शाहले ‘परान’ हेरेपछि भनिन्, ‘नेपालको यथार्थ भेटिने सिनेमा’

पूर्व युवराज्ञी हिमानी शाहले ‘परान’ हेरेपछि भनिन्, ‘नेपालको यथार्थ भेटिने सिनेमा’

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपक प्रसाद आचार्य (काकु) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘परान’ हाल भव्य सफलताका साथ तेस्रो हप्तामा प्रदर्शनरत छ । यसैबीच, पूर्व युवराज्ञी हिमानी शाहले यो विशुद्ध नेपाली पारिवारीक सिनेमा हेरेकी छिन् ।

सोमबार राती दरबार सिनेप्लेक्समा ‘परान’ हेरेपछि प्रतिक्रिया हिमानी शाहले नेपालको यथार्थ सिनेमामा भेटिने बताइन् । उनले अगाडी भनिन्, ‘अहिलेको अवस्थामा नेपालको यथार्थ यहि हो । नेपालीहरु बिदेश पलायन भइरहेको अवस्था छ । सिनेमा हेर्नेहरुले नेपालको यथार्थ भेट्नुहुनेछ ।’

पूर्व युवराज्ञी शाह आफ्नो केही आफन्तसहित सिनेमा हलमा पुगेकी थिइन् । ‘परान’ तेस्रो सातामा पुग्दैगर्दा ११ करोड माथीको ग्रस कलेक्सन गरिसकेको छ । हलमा दर्शकको राम्रो चाप देखिन्छ ।

सिनेमामा निर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमामा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।