शोभित बस्नेत ‘पिआर’ रिलिजको तारतम्य मिलाउन अष्ट्रेलिया उडे

शोभित बस्नेत ‘पिआर’ रिलिजको तारतम्य मिलाउन अष्ट्रेलिया उडे

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक शोभित बस्नेत आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउने सिनेमाम ‘पिआर’ रिलिजको तारतम्य मिलाउन अष्ट्रेलिया उडेका छन् । मंगलबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिनेमा रिलिजको लागि आफु अष्ट्रेलिया र न्युजल्याण्ड उड्न लागेको बताए ।

अष्ट्रेलियामा मात्र नभएर न्युजल्याण्डमा पनि बक्सअफिसमार्फत नै आफुले दश वर्षपछि निर्देशन गरेको सिनेमा ‘पिआर’ प्रदर्शन गर्न लागेको बताए । त्यसैको चाँजोपाँजो मिलाउन आफु त्यहाँ जान लागेको जानकारी दिए ।

‘म अहिले अष्ट्रेलिया र न्युजल्याण्ड जाँदै छु । यहि ‘पिआर’को सम्बन्धमा’, उनले भने, ‘१०/१२ दिनको लागि । न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै सिनेमा लगाउ भनेर त्यसैको तयारीमा म निस्किन लागेको हो ।’ तीन महिनाअघि नै अष्ट्रेलियाका विभिन्न शहरमा यो सिनेमा निर्देशक देखाइ सकेका छन् । जहाँ यो सिनेमा हेरेका दर्शकले आफ्नै घरको कथा भएको प्रतिक्रिया दिएका थिए ।

अष्ट्रेलिया, न्युजिल्याण्डपछि पोर्चुगल लगायत देशमा पनि यो सिनेमा प्रदर्शनका लागि तयारी भइरहेको छ । यो बाहेक अन्य देशमा पनि केहि दिनमा नै सिनेमा प्रदर्शनको टुङ्गो लाग्नेछ । आफ्नै घरको कथा हेरेर अरुको कथा भन्नका लागि ‘पिआर’ तयार पारेको बताए ।

निर्देशक बस्नेतले आफ्नो छोरी अष्ट्रेलिया जाँदा र आफु पनि त्यहाँ पुगेर हेर्दा पैसा बोटमा हैन रहेछ । मेहनतले मात्रै हुने रहेछ भन्ने देखेको र सोही कथालाई आफुले सिनेमा ‘पिआर’मार्फत भन्न लागेको बताए । उनी आफ्नो सिनेमा ‘पिआर’नेपाली दर्शकले मन पराइदिनेमा ढुक्क देखिए ।

केहि दिनअघि यो सिनेमामा समावेश गीत ‘टाटा बाई बाई’लाई दर्शकले अत्यधिक मन पराइदिएको र सोही अनुसार सिनेमा हेर्न दर्शक उत्सुक रहेको दाबी थियो । विदेशको विभिन्न हलमा आफ्नो सिनेमा प्रदर्शनका लागेका उनले जापानको प्रदर्शन अधिकार बिक्रि भइसकेको बताए ।

नीर शाह, गौरी मल्ल, आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको सिनेमाको विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिने छन् ।

रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता तथा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता अनि गणेश बुढाथोकीको लेखन रहेको सिनेमामा सम्पादन बन्दे प्रसाद र छायांकन सौरभ सायमी र सौरभ लामाको छ । आरआर फिल्मस्ले वितरण गर्ने यो सिनेमाको अष्ट्रेलियाका विभिन्न शहरमा विशेष शो गरिएको थियो ।