मंसिर २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘लोकन्ती’को पोस्टर सार्वजनिक

मंसिर २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘लोकन्ती’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रञ्जित रानाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लोकन्तीको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी मंसिर २६ गते शुक्रबार देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो ।

कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको सिनेमालाई निर्देशक रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा तयार गरेका छन् । सिनेमामा अभिनेता यशराज गराच मुख्य भूमिकामा देखिँदैछन् ।

काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदना उजागर गर्नेछ । सिनेमाका निर्माता सन्तोष न्यौपाने हुन् । यो सिनेमामा यशराजले अभिनेत्री तथा मोडल ऋचा थापासँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

विमला लिम्बु, कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमाबाट कुमार न्यौपाने र विकाश अधिकारीले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आफ्नो डेब्यु सिनेमालाई लिएर दुवै जना उत्साहित देखिन्छन् ।

सिनेमाको संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन् । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक सिनेमा ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।