द सिनेमा टाइम्स, काठमाडौं । कुवेर तामाङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘किन लाग्छ माया’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी चैत्र ६ गतेबाट नेपालसहित विश्वव्यापी एकसाथ प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
शुक्रबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य कलाकार सञ्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सिनेमामा धिरेन शाक्य, पवित्रा साकी (मिस पवी), हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, रविन्द्र खड्का, सुनील कटुवाल, सुभाष गजुरेल र बाल कलाकार आराध्या राज्यलक्ष्मी डिसी, विनायक सुनुवार र सुरित पूढासैनीको अभिनय छ ।
एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएका सिनेमाको कथा सेडो रियल र पटकथा तथा संवाद रामकाजी घिमिरेले लेखेका हुन् । पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको सिनेमामा सञ्जीत भण्डारी र मोनु खड्काको लगानी रहेको छ । यो सिनेमाबाट म्यूजिक भिडियोका परिचित अनुहार सेडो रियल नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।
सिनेमामा राजेन्द्र खड्गीको एक्सन, रामशरण उप्रेतीको छायांकन, पुष्कर सुनुवार र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्लेको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन छ । सिनेमाको पोस्टर राकेश दाहालले तयार पारेका हुन् ।
यो सिनेमाले दाजुभाईबीचको मित्रता, एक-अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान-श्रीमतीबीच विकसित हुने प्रेमलाई देखाउनेछ । आरआर फिल्मस्ले वितरण र्गो यो सिनेमाले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।



प्रतिक्रिया