अभिनेता बिक्रम जोशीको निर्देशनमा लण्डनमा ‘बिक्रम’को छायांकन सुरु

अभिनेता बिक्रम जोशीको निर्देशनमा लण्डनमा ‘बिक्रम’को छायांकन सुरु

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता समेत रहेका निर्माता बिक्रम जोशीको डेव्यु निर्देशनमा निर्माण हुन लागेको नेपाली सिनेमा ‘बिक्रम’को छायांकन सुरु भएको छ । बेलायतको लण्डनदेखि यो सिनेमाको छायाँकन सुरू भएको हो ।

निर्माण टिमका अनुसार सिनेमाको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायाँकन नेपालमा गरिनेछ । यो सिनेमाको निर्माण टिमले केही समयअघि फस्टलुक शिर्षक पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक पोस्टरमा कलाकारको लुक्स हेर्दा सिनेमा बक्सिङ खेल तथा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ ।

महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा यो सिनेमा निर्माण हुन छ । सिनेमाकी निर्माता हिरल जोशी हुन् । सिनेमाका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने छन् । संस्कृति क्रिएशन्स नेपाल एसोसियट निर्देशक समेत रहेका न्यौपानेको कम्पनी हो ।

सिनेमा अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशी, सनम कुमार बैरागीसहित विदेशी कलाकार नादेशि हप्किन्सको मुख्य भुमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको सिनेमामा सौरभ लामाको डिओपी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ । यो सिनेमाका प्रोडक्सन म्यानेजर रबिन भारती हुन् ।