युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘हर्ष’

युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘हर्ष’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ अर्थात् यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हर्ष’ सेन्सर पास भएको छ । मंगलबार यो सिनेमाले चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट सहित सेन्सर पास भएको हो । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमालाई हरेक उमेर समुहका दर्शकले सजिलै सिनेमा हेर्न पाउने भएका हुन् ।

यो सिनेमाबाट निर्देशनमा डेव्यु गरेकी एकता पौडेलले सेन्सरमा सिनेमा हेरेका अधिकांश पदाधिकारीले उत्कृष्ट विषयवस्तुमा सुन्दर सिनेमा बनेको प्रतिक्रिया पाएको बताइन् । सिनेमा हेरेर सकिँदै सेन्सर बोर्डका पदाधिकारीहरु केही भावुक समेत देखिएका थिए । स्वर्गिय निर्देशक शिव रेग्मीको फ्लेवर सिनेमाले दिएको प्रतिक्रियाले आफु र आफ्नो टिम उत्साहित भएको निर्देशक पौडेल बताउँछिन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।