‘पीआर’को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन राइट्स बिक्रि

‘पीआर’को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन राइट्स बिक्रि

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी मंसिर २६ गतेबाट प्रदर्शन आउने सिनेमा ‘पीआर’को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन राइट्स बिक्रि भएको छ । सिनेमालाई मि श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो । यो कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए ।

यो सिनेमाले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले दर्शकको माग अनुसार खरिद गरिएको हो । यसअघि यो सिनेमा अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो । शो हेरेका अधिकांश दर्शकले सिनेमा राम्रो बनेको भन्दै निर्माण पक्षको प्रशंसा गरेका थिए ।

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।

यतिबेला निर्देशक बस्नेत यो सिनेमाको प्रमोसन र रिलिजका लागि अष्ट्रेलियामा नै छन् । यो सिनेमाको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी तथा निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् । बन्दे प्रसादको सम्पादन रहेको सिनेमाको लेखक गणेश बुढाथोकी हुन् । सौरभ सायमी र सौरभ लामाको छयांकन रहेको सिनेमालाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।