पोखरा एभेन्जर्स टिमले हेर्यो एकता पौडेल निर्देशित ‘हर्ष’, दर्शक प्रतिक्रियाले उत्साहित टिम

पोखरा एभेन्जर्स टिमले हेर्यो एकता पौडेल निर्देशित ‘हर्ष’, दर्शक प्रतिक्रियाले उत्साहित टिम

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो सिनेमा हेरेका अधिकांश दर्शकले सिनेमाको कथावस्तु र त्यसले दिन खोजेको सन्देशको खुलेर तारिफ गरेका छन् ।

यसैबीच, नेपाल प्रिमियर लिग सिजन २ को टी-२० क्रिक्रेट टुर्नामेन्टका बाबजुद पनि पोखरा एभेन्जर्स टिमले शनिबार साँझ प्रदर्शनरत सिनेमा ‘हर्ष’ हेरेको थियो । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले गेमको प्रेसरका बीच यो सिनेमाले थोरै भएपनि रिफ्रेसमेन्टको अनुभती दिलाएको बताए ।

निर्देशक एकता पौडेल जीले एउटा सुन्दर कथावस्तुमाथि सिनेमा निर्माण गर्नु भएको रैछ । हाम्रो टिमले आज हेर्यौ । असाध्यै मन पर्यो । यत्तिको सिनेमा सवैजनाले एक पटक हलमा नै पुगेर हेर्नु पर्छ जस्तो लाग्छ । उनले सिनेमा मुख्य कलाकारहरुको कामको पनि तारिफ गरेका थिए ।

सिनेमाको निर्माण टिमले अभिनेत्री वर्षा राउत र बाल कलाकार साइमन वादीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । जहाँ दर्शकको माया देख्न हर्षित महसुस भएको अभिनेत्री वर्षा राउतले बताइन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।