द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्टलुक्स सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) लाई देख्न सकिन्छ । पोस्टरमा उनी निदाएका जस्तो देखिनुले क्यारेक्टरको विशेषता झल्काउँछ । पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ । यो पोस्टरमा केवल सागरलाई मात्रै देखाइएको छ । अन्य कलाकार समावेश गरिएको छैनन् ।
सिनेमाको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ । यो सिनेमा राजु गिरीको निर्देशनमा तयार भएको हो । पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका हुन् । उनले यसअघि आधा दर्जनभन्दा बढी सिनेमा लेखन र निर्देशन गरिसकेका छन् ।
सिनेमामा सागरसहित रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलाश रावत, बिशाल पहाडी, ध्रुव कोइराला, सावीत्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा केसी, नवराज गिरी र निर्देशक राजु गिरी स्वयंले पनि अभिनय गरेका छन् । बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी छन् ।
बिनयराजको पौडेल मुख्य सहायक निर्देशक, श्याम तामाङको छायांकन, सुमन काफ्लेको निर्माण व्यवस्थापन, उमेश कुमार बस्नेतको कथा लेखन रहेको सिनेमामा सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरीको लगानी छ ।



प्रतिक्रिया