देशव्यापी प्रदर्शनमा आयो सुशान्त गौतमको ‘अभिमन्यु’

देशव्यापी प्रदर्शनमा आयो सुशान्त गौतमको ‘अभिमन्यु’

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर मंसिर १८ गते अर्थात् आज बिहीबारबाट यो सिनेमा प्रदर्शनमा आएको हो ।

सिनेमामा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टीप्लेक्समा सन्तोषजनक शो पाएको छ । सोमबार भएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट पनि सकारात्मक वर्डअफ माउथको अपेक्षा निर्माणपक्षले राखेको छ ।

‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यो सिनेमामा मुकेश खनालको लेखन रहेको छ । सिनेमामा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेल लगायतका कलाकारको पनि अभिनय छ । अतिथि भूमिकामा अभिनेत्री रेखा थापा रहेकी छन् ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी तथा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता अनि कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको सिनेमामा शरद महतो डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादन छ । यो सिनेमा नेपाली र हिन्दीमा नेपालसहित विश्वव्यापी रिलिज भएको हो ।