प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिइन् अभिनेत्री पुजा शर्मा

प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिइन् अभिनेत्री पुजा शर्मा

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री पुजा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । शनिबार उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी हुन् । उनीहरु विगत ६ वर्ष यता प्रेम सम्बन्धमा थिए । भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र सिनेमा वृत्तका चर्चित अनुहारको सहभागीता थियो ।

पूजा र युद्धको बिहे समारोहमा महानायक राजेश हमाल श्रीमती मधु भट्टराईसँग पुग्दा अन्य अभिनेत्रीहरू रेखा थापा, झरना थापा, वर्षा राउत, स्वेता खड्का, रेजिना उप्रेती, श्रृष्टी श्रेष्ठ, निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार जितु नेपाल, किरण केसी र संगीतकार अर्जुन पोखरेल पनि बैबाहिक समारोहमा उपस्थित थिए ।

पूजा र युद्धको विवाह समारोहमा हेलिकप्टरबाट पुष्प गुच्छाको दृश्यले रोचक बनाएको थियो ।  सिनेमा ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला उनले आफ्नो प्रेम सम्बन्धबारेमा खुलासा गरेकी थिइन् ।

युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । उनीहरूले संयुक्त रूपमा ४ करोडभन्दा बढीको लगानीमा ललितपुरको झम्सिखेलमा ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । पूजाले दशैंभन्दा अगाडि सिनेमा ‘३६ को आँकडा’को छायांकन सकाएकी थिइन् । उनी नयाँ एक्सन सिनेमा ‘एक्का तीन’ र ‘महादशा’मा काम गर्ने तयारीमा छिन् ।