जर्सिङ पौवामा खिचियो ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’

जर्सिङ पौवामा खिचियो ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’को गीतको छायांकन धमाधम जर्सिङ पौवामा भइरहेको छ । एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीत ‘पाकेको चिउरी’को भिडियोमा मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली नाचिरहेका छन् ।

कोरियोग्राफर रामजी लामिछानेले उनीहरुलाई नचाई रहेको गीतलाई शिव ढकालले खिचिरहेका छन् । छायांकनरत गीतमा मौसम अर्यालको शब्द रचना तथा गायक एसडी योगीकै संगीत छ । एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको यो सिनेमालाई विजय केरूङले निर्देशन गरेका हुन् ।

दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सुशील र अञ्जनासहित सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भुमिका रहेको छ । दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत रहने यो सिनेमामा श्री श्रेष्ठको द्धन्द्व निर्देशन छ ।