द सिनेमा टाइम्स, काठमाडौं । गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित सिनेमा ‘हर्ष’ले नेपाली बक्सअफिसमा शनिबारसम्ममा २८ लाख ग्रसकलेक्सन गरेको छ । यो अवधिमा सिनेमालाई ८ हजार ४३६ जना दर्शकले हेरेका हुन् । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।
यता, गत कार्तिक २१ गतेबाट प्रदर्शनमा आएको ‘जारी २’ले यो शनिबारसम्म ६ करोड २३ लाख ग्रस कलेक्सन गरेको छ । सोही सिनेमासँग प्रदर्शनमा आएको टंक बुढाथोकी निर्देशित सिनेमा ‘मनबिनाको धन’ले ३ करोड ७९ लाख ग्रस कलेक्सन गरेको छ ।
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’ले प्रदर्शनको ५१ औं दिनसम्म १२ करोड २६ लाख ६ हजार २४० ग्रस कलेक्सन गरेको छ । यो सिनेमाको हालसम्म ३ लाख ९१ हजार टिकट बिक्रि भएका छन् ।
अनमोलको करियरको सर्वाधिक कमाई गर्ने सिनेमा समेत बनेको ‘जेरी अन टप’ ५१ औं दिनसम्म चल्ने पनि पहिलो सिनेमा हो । यो सिनेमाको निर्माण टिमले गत शनिबार एफक्युब सिनेमाजमा ५१ औं दिनको सेलिब्रेसन समेत गरेको थियो ।
यस्तै, यो वर्षको सर्वाधिक कमाई गर्ने सिनेमा बनेको ‘परान’ले १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कलेक्सन गरेको छ । दीपक आचार्य काकु निर्देशित सिनेमाले अभिभावक र सन्तानबीचको मर्मस्पर्शी सम्बन्धको कथा भन्छ ।


प्रतिक्रिया