प्रिमियर शोमा रुचाइयो शोभित बस्नेत निर्देशित ‘पीआर’

प्रिमियर शोमा रुचाइयो शोभित बस्नेत निर्देशित ‘पीआर’

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर २६ गते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’को भव्य प्रिमियर गरिएको छ । निर्माण टिमले सिनेमा प्रदर्शनमा आउनु २ दिन अगाडी बुधबार प्रिमियर शोको गरिएको थियो ।

प्रिमियर शोमा पत्रकारदेखि चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दना लगायत सेलिब्रटीको उपस्थित थिए ।

अभिनेत्री रेखा थापाले सिनेमा राम्रो बनेको र नव कलाकारहरुको काम मन परेको प्रतिक्रिया दिइन् । त्यसै गरि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक शोभित बस्नेतको काम र कलाकारको अभिनय असाध्यै राम्रो बनेको प्रतिक्रिया दिए । उनले हरेक नेपालीले यो सिनेमा हेर्न जरुरी रहेको समेत बताए ।

अभिनेता सलिनमान बनियाँले सिनेमाका मुख्य कलाकारले एकदमै राम्रो अभिनय गरेको प्रतिक्रिया दिए । उनले नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए । ‘डेब्यु मुभिका लागि उहाँहरुले एकदमै राम्रो गर्नुभएको छ,’ मिडियासँगको कुराकानीमा भने, ‘एकदमै राम्रो लाग्यो । मैले डेव्यु गर्दाको सिनेमा भन्दा उहाँहरुको अझ राम्रो लाग्यो ।’

निर्देशक शोभित बस्नेतलले आफ्नो सिनेमाको कलाकारको तारिफ हुँदा आफु निकै खुशी भएको बताए । उनले मिडियासँगको कुराकानीमा भने, ‘यिनीहरु हल भित्र छिर्दा कसैले चिनेको थिएन। बाहिर निस्किँदा वाहो वाहो भनेको देखेर चाहीँ मलाई भनेको जस्तो लाग्यो । किनभने हिरो हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा म आफै छु जस्तो फिल्म भइरहेको थियो ।’

रेजिना उप्रेतीले आफुलाई केहि दृश्यहरुले भावुक बनेको प्रतिक्रिया दिइन् । नेपालीहरु विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिदो रहेछ भन्ने कुराले आफुलाई छोएको भन्दै भावुक बनिन् । नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्नको लागि गर्ने कतिको संघर्ष गर्नुपर्छ र घरको ऋणले कसरी सताउँछ भन्ने कथाले बोल्छ । निर्देशक शोभित बस्नेतले अस्ट्रेलिया र नेपाल सुटिङ गरेको यो सिनेमाले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई केलाउने छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।