शुक्रबारबाट प्रदर्शनमा आए ‘पीआर’ र ‘लोकन्ती’

शुक्रबारबाट प्रदर्शनमा आए ‘पीआर’ र ‘लोकन्ती’

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मंसिर २६ गते आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘पीआर’ र ‘लोकन्ती’ प्रदर्शनमा आएका छन् । यी दुई दुई मध्ये ‘पीआर’ले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म सन्तोषजनक शो पाउँदा लोकन्तीले न्युन शो पाएको छ । ‘पीआर’ले देशव्यापी एक सय हाराहारी शो पाउँदा ‘लोकन्ती’को ५० शो पनि छैन् ।

शोभित बस्नेत निर्देशकीय सिनेमा ‘पीआर’ले गत बुधबार काठमाडौंमा सिनेमाकर्मी र सञ्चारकर्मीको उपस्थितिमा प्रिमियर शोको गरेको थिए । त्यहाँ सिनेमा हेरेका अधिकांशले कथावस्तु र कलाकारको अभिनय मन पराएका थिए । नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर) लिन गर्नुपर्ने संघर्ष र घरको ऋणले कसरी सताउँछ भन्ने विषय समेटिएको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।

सिनेमाको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी तथा निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् ।

काजी लिम्बुले कथा लेखेको ‘लोकन्ती’लाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन् । सिनेमामा अभिनेता एसराज गराच मुख्य भूमिका छ ।

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसहित ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारको मुख्य भूमिका रहेको छ । यो सिनेमाबाट कुमार न्यौपाने र विकाश अधिकारीले अभिनयमा डेव्यु गरेका हुन् ।