विकास सुवेदीले निर्देशनमा डेव्यु गर्ने ‘शिरजरा’को निर्माण घोषणा

विकास सुवेदीले निर्देशनमा डेव्यु गर्ने ‘शिरजरा’को निर्माण घोषणा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लेखक विकास सुवेदीले सिनेमा निर्देशनमा डेव्यु गर्ने भएका छन् । मंगलबार उनको डेव्यु निर्देशन रहने सिनेमा ‘शिरजरा : सङ अफ ग्राण्डमदर’को निर्माण घोषणा गरिएको हो । विकास यसअघि अभिनेता पल शाहको लगानीमा निर्माण हुने सिनेमा ‘यानीमाया’बाट निर्देशनमा डेव्यु गर्ने तयारीमा थिए ।

विभिन्न कारणले त्यो सिनेमा निर्माण हुन नसकेपछि विकासले शिरजराबाट निर्देनमा डेव्यु गर्ने तयारी गरेका हुन् । उनी स्वयंम् लिखित यो सिनेमा नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त लगानी रहनेछ । हाल प्रिपोडक्सनको काम भैरहेको सिनेमालाई ‘पुजार सार्की’ फेम्ड निर्माता सुवास भुषालले निर्माण गर्नेछन् ।

किंगडम नेटवर्क नेपाल, फ्याक्चर एलएलसी अमेरिका र फिक्जा फिल्मस् पोल्याण्डको सहकार्य रहने सिनेमाका कार्यकारी निर्माता क्रिस बेरुटी रहेका छन् । यो सिनेमाको सम्पुर्ण पोष्ट प्रोडक्सनको काम हुने जनाइएको छ ।

मेटा-मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि सिनेमाको कथा भने खुलाइएको छैन । सिनेमाको छायाँकन फेब्रुअरी २०२६ देखी शुरु हुनेछ । सिनेमाका कलाकार तथा प्राबिधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन् ।