द सिनेमा टाइम्स, काठमाडौं । आइसफल प्रोडक्सनले आफूले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर सिनेमासँगै सिरिज र सर्ट सिनेमाका लागि पनि कलाकार चाहिएको बताए ।
‘आइसफल प्रोडक्सनले २०२६ मा फिचर सिनेमासँगै सिरिज र सर्ट सिनेमा निर्माणलाई पनि गति दिने योजना बनाएको छ । यसैका लागि हामीले अडिसन कल गरेका हौँ, ‘पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।’
विदेशीका फिचर सिनेमा, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रोडक्सनले निर्माण गरेका सिनेमाहरु विश्वका प्रतिष्ठित फेस्टिभलमा छनौट एवं पुरस्कृत भएका छन् ।
अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिइने जनाएको छ । यसका लागि जुनसुकै लिङ्ग, उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected]
यो कम्पनीले यसअघि ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘रेडसुटकेश’ जस्ता सिनेमा निर्माण गरेर प्रदर्शनमा ल्याइसकेको छ ।


प्रतिक्रिया