द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले हेरक सोमबार नेपाली हलमा प्रदर्शनरत स्वदेशी सिनेमाको बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै आएको छ । सोही अनुसार गत शनिबारसम्म राति ११ः५९ सिनेमा घरमा प्रदर्शनरत नेपाली सिनेमाले गरेको कमाई सार्वजनिक गरिएको हो ।
जसमा गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत सिनेमा ‘परान’ देखि ‘हर्ष’, ‘अभिमन्यु ः च्याप्टर वान’, ‘पीआर’, ‘लोकन्ती’ र चिराग’ छन् । दीपक प्रसाद आचार्य ‘काकु’को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘परान’ले अहिलेसम्म १७ करोड ६१ लाख पाच हजार दुई सय २८ रुपैयाँ कलेक्सन गरेको छ । हालसम्म सिनेमाको ६ लाख २५ हजार ६ सय २५ टिकट बिक्री भएका छन् ।
एकता पौडेलको डेव्यु निर्देशन तथा खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहेको सिनेमा ‘हर्ष’ले २८ लाख ७८ हजार ५ सय ३६ रुपैयाँ कमाएको छ । यो सिनेमाको शनिबारसम्म ८ हजार ८ सय ६६ टिकट बिक्री भएका छन् ।
संगीतकार सुशान्त गौतमको डेव्यु निर्देशन तथा पूर्णबहादुरको सारङ्गी निर्माता विनोद पौडेलको लगानीमा निर्माण भएको सिनेमा ‘अभिमन्यु ः च्याप्टर वान’को शनिबारसम्म ६ हजार ८ सय ५० टिकट बिक्री भएका छन् । सिनेमाले हालसम्म २१ लाख ४८ हजार सात सय २ रुपैयाँ कमाएको छ ।
इता, शोभित बस्नेत निर्देशित सिनेमा ‘पीआर’ले गत शनिबार रातिसम्म ६ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ कमाएको छ । सिनेमाको शनिबारसम्म २हजार १ सय ९ ओटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ । यो सिनेमाको धेरैजसो छायांकन अष्ट्रेलिया र केही प्रतिशत छायांका नेपालमा गरिएको थियो । यो सिनेमा आगामी बिहीबारबाट एमएसएम भिडियोमा रिलिज हुँदैछ ।
‘पीआर’सँगै प्रदर्शनमा आएको अर्को सिनेमा ‘लोकन्ती’ले शनिबार रातिसम्म १३ सय ५७ ओटा टिकट बिक्री भएको छ । रञ्जित रानाको निर्देशनमा निर्माण भएको सिनेमाले हालसम्म ४ लाख १ हजार ३ सय ४० रुपैयाँ कमाएको छ ।
‘पीआर’ र ‘लोकन्ती’सँगै प्र्रदर्शनमा आएको अर्को सिनेमा ‘चिराग’को जम्मा ३ सय ३० टिकट बिक्री भएको छ । त्यागमूर्तीको अभिनय तथा निर्देशन रहेको सिनेमाले शनिबार रातिसम्म ६८ हजार ४ सय २० रुपैयाँ कमाउन सफल भएको छ ।


प्रतिक्रिया